१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ जेठ १ मंगलबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमानको हत्या गरेर आफैँ प्रहरी चौकीमा 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:४९:oo

रुकुम पश्चिममा श्रीमानकाे हत्या गरेर एक महिला आफैँ प्रहरीको सम्पर्कमा आएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा आफैँले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् ।

उनले घरायसी विवादमा धारिलो चक्कु हानेर श्रीमान् चित्रबहादुर थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

आइतबार बिहान ४ बजेको समयमा हत्या गरेर बेलुकी सवा ५ बजेतिर ‘मैले श्रीमानकाे हत्या गरेँ’ भनेर आफैँ कार्यालयमा आएको डिएसपी केसीले बताए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो।

प्रहरी घटनास्थल पुग्दा चित्रबहादुरको शव उनकै घरभित्र भेटिएको केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया थालिएको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ । 
 

ad
ad