मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ९ बिहीबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ९ बिहीबार o६:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

योग थुलुङको ‘काङ्सोरेको पुनर्जन्म’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ९ बिहीबार o६:५२:oo

कवि योग थुलुङ राईको कवितासंग्रह ‘काङ्सोरेको पुनर्जन्म’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, आख्यानकार राजन मुकारुङ, अभिनेता दयाहाङ राई, समीक्षक ज्ञानु अधिकारी र महेश पौडेलले पुस्तक सार्वजनिक गरे । 

समीक्षक अधिकारीले कवि नयाँ भए पनि कविताहरू शक्तिशाली रहेको बताइन् । उनले भनिन्, ‘कवि नयाँ भए पनि कविताहरू धेरै विचारशील, चिन्तनीय रहेछन् ।’ अर्का समीक्षक पौडेलले राईको कविताले पहिचान र आदिवासी सौन्दर्यलाई मिहिन ढंगले खोतल्न खोजेको बताए ।

उनले भने, ‘यी कविताले पहिचानको मुद्दालाई कलात्मक तवरले उठाएका छन् । एक कविले चलाउने भाषाको उत्कृष्टतामाथि प्रश्न छैन ।’ अभिनेता दयाहाङ राईले कविताहरू निकै शक्तिशाली लागेको बताए । ‘यी कविताहरू नयाँ कविको भए पनि पढिरहँदा मलाई त्यस्तो महसुस भएन,’ उनले भने । राईले कवितासंग्रहबाट एउटा कविता वाचन पनि गरे । 

आख्यानकार राजन मुकारुङले राईको कविताले पहिचानको स्वरलाई प्रखर रूपमा मुखरित गरेको र नयाँ कविहरूले त्यसलाई अझै कलात्मक बनाउँदै लगेको बताए । उनले भने, ‘यो कविता कृति पढिरहँदा मलाई त्यही महसुस भयो ।’ कवि श्रवण मुकारुङले प्रत्येक कविहरूले छनोट गरेको शब्द लामो या छोटो जस्तो भए पनि त्यसमाथि स्नेह महसुस कविले गर्ने बताए ।

कति शब्द राख्ने या कति फाल्ने भन्ने विषय उठेपछि उनले भने, ‘त्यस शब्दले बोकेको अर्थमाथि समीक्षा होला । तर, प्रत्येक कविले छनोट गरेको शब्दमाथि बडो मीठो स्नेह हुन्छ । यत्तिकै कवितामा थोपरिँदैनन् शब्दहरू ।’ ४६ वटा कविता संगृहित ‘काङ्सोरेको पुनर्जन्म’को मूल्य २५० रुपैयाँ छ । सुनसरीमा जन्मेका थुलुङ हाल अस्ट्रेलिया बस्दै आएका छन् ।