१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ८ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ८ बुधबार o८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नलगाडको डिपिआर तयार गर्न तेस्रोपटक म्याद थपको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ८ बुधबार o८:४५:oo

जाजरकोटमा निर्माण गर्ने भनिएको ४ सय १७ मेगावाटको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गर्न म्याद थपको प्रस्ताव गरिएको छ ।

डिपिआर तयारीको जिम्मा पाएको अस्ट्रेलियन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले डिपिआरको काम करिब ८५ प्रतिशत सकिएको भन्दै बाँकी कामका लागि समय थप गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले १२ सेप्टेम्बर २०२१ सम्मको समय माग गरे पनि मन्त्रालयले अध्ययन गरी आवश्यक समय दिने जवाफ दिएको छ । 

अष्ट्रेलियन  कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्त रूपमा डिपिआरको काम गरिरहेका छन् । सन् २०१६ मा तीन वर्षमा डिपिआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र कम्पनीहरूबीच सम्झौता भएको थियो । यसअघि डिपिआरकर्ताको मागअनुसार अगस्ट २०१९ मा पहिलोपटक तीन महिना र अगस्टदेखि मे २०२० सम्म ९ महिना दोस्रोपटक डिपिआरको समयावधि थप भइसकेको छ । तर, अझै काम सकिएको छैन । 
 
आयोजनाको लागत १ खर्ब ६७ अर्ब रुपैयाँ
डिपिआरको प्रारम्भिक अनुमानअनुसार आयोजना सम्पन्न गर्न प्रसारण लाइनबाहेक करिब १ खर्ब ६७ अर्ब (१४२० मिलियन अमेरिकी डलर) लाग्नेछ । यो रकम ऋणको ब्याजबाहेक हो । आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ । जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने भएको हो । 

जाजरकोटको नलगाड गाउँपालिका–७, दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८, अँधेरी खोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभाननजिकै भूमिगत पावरहाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमि लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् ।