मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष ४ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ४ शनिबार १८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र जसपाबीच दुईबुँदे समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ४ शनिबार १८:५३:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच दुईबुँदे समझदारी भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलबीच शनिबार भएको छलफलमा संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने र प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।

छलफलमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

 ‘यो सरकारको अकर्मण्यताको कसरी प्रतिरक्षा गर्ने ? प्रतिपक्षीको धर्म कसरी निभाउने ? भन्ने विषयमा छलफल भयो, मिल्न सक्ने साझा मुद्दाहरूमा मिलेर जाऔँ भन्ने कुरा भयो,’ बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले नयाँ पत्रिकासँग भने । 

यस्तो छ दुईबुँदे समझदारी
१. संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने ।

२. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने ।