१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बंगलादेशबाट ५० हजार टन युरिया मल ल्याउने सम्झौता, तीन महिनाभित्र आइपुग्ने

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२६:oo

बंगलादेशबाट ५० हजार टन युरिया मल ल्याउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार दिउँसो कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (सिसिआइसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो हस्ताक्षरपछि तीन महिनाभित्र बंगलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ ।

चार महिनाअघिबाट बंगलादेशी मल ल्याउन विभिन्न तहमा छलफल भए पनि बिहीबार सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बंगलादेशबाट चाँडै मल ल्याएर किसानलाई वितरण थाल्ने जानकारी दिए । ‘हामीले यसअघि विभिन्न चरणमा गरेको छलफलपछि बंगलादेशबाट ५० हजार टन युरिया ल्याउन सम्झौता गरेका छौँ,’ उनले भने, ‘अब चाँडै मल ल्याएर किसानलाई उपलब्ध गराउनतर्फ हाम्रो ध्यान हुनेछ ।’

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बल्क र कार्गो दुई विधिबाट मल ढुवानी हुनेछ । ‘बंगलादेशबाट मल आएपछि किसानलाई सहजै उपलब्ध गराउने हाम्रो नीतिमा थप बल पुग्नेछ । यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल प्रशस्त मात्रामा रहेको सन्दर्भमा आगामी दिनमा मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरूसमेत तयार भइरहेको छ,’ प्रवक्ता केसीले भने ।

बंगलादेशले आफैँ उत्पादन गरेको मल नेपाललाई दिन लागेको हो । बंगलादेशको मलको दाना ठूलो र गुणस्तरीय हुने भएकाले नेपाली किसानले लाभ उठाउने मन्त्रालयको भनाइ छ । 
बंगलादेशबाट सुरुका दिनमा पैँचोमा ल्याउने योजना बनाएपछि अन्ततः खरिद गरेरै ल्याउन लागिएको हो ।

ad
ad