१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर २८ आइतबार १४:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा स्थायी कमिटी बैठक : शोकप्रस्ताव पास गर्दै पुस १ सम्मका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १४:o८:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक हप्तापछि आज बसेको स्थायी कमिटीको बैठक छोटो समय बसेर स्थगित भएको छ । 

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोकप्रस्ताव पारित गर्दै १ पुससम्मका लागि बैठक स्थगित भएको हो । 

अघिल्लोपटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन् । तर प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको आजको बैठकमा भने उनी उपस्थित थिए । 

अध्यक्ष ओलीको इच्छाविपरीत अर्का अध्यक्ष पुष्कमल दाहालको नेतृत्व र अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो ।

अध्यक्ष ओलीले आफू आफ्नो पूर्वअडानअनुसार स्थायी समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्रमार्फत जानकारी दिएका थिए ।