मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २७ शनिबार ०६:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चौथाइवालेको भेटघाट जारी : कांग्रेस सभापति देउवा, पूर्वसभामुख नेम्वाङ, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २७ शनिबार ०६:०५:००

भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज विजय चौथाइवालेको काठमाडौंमा राजनीतिक भेटघाट जारी छ । उनले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, सरकारका मन्त्री र नेकपा नेताहरूसँग छलफल गरेका छन् ।

चौथाइवालेले नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । सबै भेटवार्ताबारे उनले ट्विटरमा सार्वजनिक गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भाजपा नेता चौथाइवालेसँग नेपाल–भारत सम्बन्धबारे बृहत् रूपमा उपलब्धिपूर्ण छलफल भएको ट्विटरमा लेखेका छन् । 

चौथाइवाले नेकपाका महासचिव पौडेलको निमन्त्रणामा काठमाडौं आएका हुन् । भारतबाट पछिल्लो दुई महिनाभित्रै भएको उनको चौथो भ्रमण हो । यसअघि ५ कात्तिकमा गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयल, १९–२० कात्तिकमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र ११–१२ मंसिरमा परराष्ट्रसचिव हर्षबर्धन शृंगला काठमाडौं आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने चौथाइवाले यसअघि पनि पटक–पटक नेपाल आएका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर अन्तिम साता नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा जाँदै छन् । बिहीबार प्रधानमन्त्रीसँग भेटवार्तापछि चौथाइवालेले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग लामो छलफल गरेका थिए ।