१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर २५ बिहीबार o७:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेको ओरालो यात्रा कायमै

जलविद्युत् कम्पनीको मात्रै एक अर्बको सेयर किनबेच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर २५ बिहीबार o७:४६:oo

सेयर बजार सूचक नेप्से बुधबार पनि घटेको छ । नेप्सेले ३९ अंक गुमाएर १ हजार ९ सय ५५ बिन्दुमा आइपुगेको छ । 
बुधबार कारोबारको सुरुमै २ हजार बिन्दु काटेको नेप्से परिसूचक १ हजार ९ सय ४९ सम्म पुगेर केही बढेको हो । नेप्सेमा केही दिनदेखि समस्याग्रस्तबाट तग्रिँदै  गरेको कम्पनीको सेयरलाई नियोजित रूपमा बढाइरहेको देखिन्छ । 

६ वर्षपछि गत महिना कारोबार खुलेको नारायणी डेभलपमेन्टको तीन दिनदेखि १० प्रतिशतका दरमा सेयर मूल्यवृद्धि भइरहेको छ । कम्पनीले एकबराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएको छ । हकप्रदको आकर्षणका कारणले भन्दा पनि कम्पनी मूल्यलाई नियोजित रूपमा बढाइएको छ । बुधबार एकै दिन कम्पनीको मूल्य ६ पटक १०–१० कित्ताका दरमा किनबेच गरेर २० रुपैयाँसम्म बढाइएको छ । विगत तीन दिनमा कम्पनीको ५०, १ सय ६० र ६० कित्ताका दरमा मात्रै कारोबार भएको छ । कम्पनीको मूल्य ३ सय ९९ रुपैयाँ पुगेको छ ।  

समस्याग्रस्त संस्थाबाट फुकुवा भएको यस संस्था गत आव अन्त्यमा ११ लाख रुपैयाँ नोक्सानमा थियो भने पहिलो त्रैमासमा ४७ लाख रुपैयाँ नोक्सानमा छ । २ करोड ७४ लाख निक्षेप संकलन र ३१ लाख रुपैयाँ कर्जा लगानी छ । कात्तिकमा हकप्रद जारीका लागि अनुमति माग्दै कम्पनी धितोपत्र बोर्ड पुगेको छ । हालै मात्र कम्पनीको अध्यक्षमा नेप्सेका पूर्वकर्मचारी सुरेन्द्र वाग्ले नियुक्त भएका छन् । 

बुधबार पनि जलविद्युत् समूहको परिसूचक बढेको छ । सान्जेन, रसुवागढी र माथिल्लो तामाकोसीलगायतका जलविद्युत् कम्पनीको सेयर मूल्य करिब ४ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । जलविद्युत् समूहको परिसूचक करिब १ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

जलविद्युत् कम्पनीको मात्रै लगानीकर्ताले यस दिन १ अर्ब ६ करोड रुपैयाँको सेयर कारोबार गरेका छन् । वाणिज्य बैंकहरूमा लगानीकर्ताले १ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा बैंकिङ समूह पहिलो स्थानमा छ भने जलविद्युत् दोस्रो स्थानमा छ ।

 यस दिन कारोबारमा आएका २ सय १ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय ५२ को मूल्य घट्यो भने ३८ वटाको मूल्य बढेको छ । कारोबार रकम भने दैनिक घट्दोे क्रममा छ । यस दिन बजारमा ४ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।