मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पृथ्वीनारायण शाहको तस्बिर बोकेर काठमाडौंमा राजावादीको प्रदर्शन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १८:१२:००

राजसंस्थाको माग गर्दै काठमाडौंमा राजावादीहरूले प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा प्रदर्शन भएको हो । राजावादीले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका राजावादी झाँकी र जुलुससहित नयाँबानेश्वरमा पुगेका थिए । उनीहरूले पृथ्वीनारायण शाहको तस्बिर बोकेका थिए भने संघीयता एवं धर्मनिरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनःस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए । 

प्रदर्शनपछि बानेश्वरमा आयोजित कोणसभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्मनिरपेक्षता खारेज हुनुपर्ने माग आफूहररूको रहेको बताए ।