मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
२०७७ मङ्सिर १८ बिहीबार ०९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिमकोट विमानस्थलमा लागेकाे आगो दुई घन्टापछि  नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार ०९:४५:००

हुम्लाको सिमकोटस्थित विमानस्थलमा लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको छ । बिहीबार बिहान ५ बजे लागेको आगो ७ बजे नियन्त्रणमा आएको हो ।

विमानस्थल प्रमुख बस्ने क्वार्टरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

क्षतिको विवरण भने आइनसकेको  प्रमुख प्रहरी नायव उपरीक्षक सुवेदीले बताए । आगोको लप्काले विमानस्थल क्वार्टरको भवनको क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।