१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १८ बिहीबार
  • Thursday, 03 July, 2025
२o७७ मङ्सिर १८ बिहीबार o७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १८ बिहीबार o७:११:oo

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । बिहीबार बिहानै अचानक विमानस्थल प्रमुख बस्ने क्वार्टरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिए ।

‘आगोको लप्काले विमानस्थल प्रमुखकाे क्वार्टरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीबारे जानकारी प्राप्त भयो सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।’

 नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ ।  अत्यधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा  ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।