मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Saturday, 12 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ मङ्सिर १५ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका ४२ स्थानीय तहमा एकसाथ अस्पतालको शिलान्यास 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार १२:१९:oo

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गर्न  लागिएको छ।

कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको हो । 

कर्णाली प्रदेशमा ५ शैयाको एक, १० शय्याका नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गर्न लागिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७/७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यस्तै, जाजरकोट, हुम्लामा ४/४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३/३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २/२ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

स्थानीय तहमा बन्न लागेका अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।