मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १५ सोमबार
  • Tuesday, 15 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ मङ्सिर १५ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर १५ सोमबार ११:३२:oo

 विराटनगरको कञ्चनवारीमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार तीनजना घाइते भएका छन् ।

कोशी राजमार्ग खण्डको विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स किनारमा रोकेर राखेको मालवाहक सवारीमा ठोक्किएर दुर्घटना हुँदा सोमबार बिहान बिरामी सप्तरीे तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।  

सोही एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्र्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन  । उनीहरु सबैको    नोवेल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

मोरङ प्रहरीका अनुसार सिकिस्त बिरामी लिएर सप्तरीबाट विराटनगरतर्फ आइरहेको  स १ च ११२२ नम्बरको एम्बुलेन्स राजमार्ग किनारमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय मालबाहक कन्टेनरमा ठोक्किदा सोमबार बिहान १ बजे दुर्घटना भएको थियो ।   

मोरङ प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् ।