रोयल इन्फिल्ड ब्रान्डले आज आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सिसीको सिग्नल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एयरवर्न ब्लू र स्टोर्मराइडर स्यान्ड सार्वजनिक गरेको हो ।
रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि डुअल च्यानल एबिएस राखिएको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलले आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको कम्पनीको दाबी छ । नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीले जिकिर गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा क्लासिक ३५० सिसी सिग्नल्स बिक्री प्रवद्र्घन सुरु गर्ने जनाएको छ । यसको मूल्य ६ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।