१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १४ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका बिराटनगर
२o७७ मङ्सिर १४ आइतबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा र सुनसरीमा ब्राउनसुगरसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बिराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर १४ आइतबार १२:५४:oo

झापा र सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार शनिबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका– १० का ३१ वर्षीय बिकी श्रेष्ठलाई आठ ग्राम ५० मिलिग्राम र धरान– ३ का २६ वबर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

त्यसैगरी झापामा वडा प्रहरी कार्यालय भद्रपुरबाट  खटिएको टोलीले शनिबार साँझ भद्रपुर नगरपालिका– ४ डाँगीबारीबाट भद्रपुर नगरपालिका –४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर– ५ का २६ मदन विक, हल्दिबारी गाउँपालिका– १ का लोकेन्द्र गुरागाईं र भद्रपुर नगरपालिका– ४ का २१ वर्षीय राजन माझी सात ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।