१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र भारत निकटतम् मित्र, सम्बन्ध थप सुदृढ बनाउन आएको हुँ : भारतीय विदेशसचिव शृंगला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o२:oo

कार्यभार सम्हालेको एक ११ महिनापछि भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । 

नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद सुचारु गर्न उनी विशेष विमानबाट आइपुगेका हुन्। 

गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगला आएका छन् । 

परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी आएका हुन् । पौड्यालले भारतीय समकक्षी शृंगलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीमा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिल्यै नेपाल आउन चाहेको बताए । उनले विदेशसचिवका रूपमा मात्र पहिलो भ्रमण रहेको, तर पहिले नै काठमाडौं आएको पनि बताए ।

शृंगलाले नेपाल–भारत सम्बन्ध बलियो रहेको भन्दै थप सुदृढ गर्न आफू नेपाल आएको पनि बताए । उनले नेपाल र भारत निकटतम् मित्र रहेको बताए । 

एक वर्षपछि दुई देशबीचको संवाद सुरक्षा र खुफिया एजेन्सीको तहबाट सुरुवात भएकोमा अब औपचारिक कूटनीतिक च्यानलबाट सम्बन्ध अघि बढ्न खोजेको छ । भारतीय विदेशसचिवको यो परिचयात्मक भ्रमण हो । 

विदेशसचिव भएलगत्तै छिमेकी देशहरूको भ्रमणमा जाने परम्परा रहेकोमा दुई देशबीचको नक्सा विवाद एवं कोभिड– १९ महामारीका कारण विदेशसचिवको भ्रमण तय हुन झन्डै एक वर्ष लागेको हो ।

गत वर्ष भारतले कालापानी समेटेर पहिलोपटक नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक रूपमा विरोधपत्र पठाएर वार्ताका लागि प्रस्ताव गरेको थियो । त्यसयता नेपालले निरन्तर वार्ताका लागि आग्रह गर्दै आए पनि भारतीय विदेशसचिवको भ्रमण हुन सकेको थिएन ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले गत सोमबार एकै समयमा विज्ञप्तिमार्फत विदेशसचिव शृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशसचिव शृंगलाले सुरुमा नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् । 

वार्तामा परराष्ट्रसचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् ।

विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

शृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्ने कार्यक्रम छ ।

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी भोलि गोरखा र मनाङ भ्रमण गरेर दिल्ली फर्किने कार्यक्रम छ ।

ad
ad