मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ११ आइतबार
  • Sunday, 24 January, 2021
२०७७ मङ्सिर १० बुधबार २२:३७:००
मुख्य समाचार डिजिटल संस्करण

चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन

२०७७ मङ्सिर १० बुधबार २२:३७:००

चर्चित फुटबल खेलाडी एवं प्रशिक्षक डियगो म्याराडोना निधन भएको छ। उनी ६० वर्षका थिए ।

अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा ‘कार्डियाक अरेस्ट’का कारण उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । उनलाई मस्तिष्कसम्बन्धी समस्या पनि थियो ।

म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो। उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।