मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 15 July, 2025
२o७७ मङ्सिर ९ मंगलबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ९ मंगलबार १२:३८:oo

मदिरा सेवन गरेर कुटपिट गरी ५० वर्षीय पुरुषको हत्या गरेको आरोपमा रौतहटमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

हत्याको आरोपमा १९ वर्षीय विकास पासवान र ५५ वर्षका विन्दा पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको वृन्दावन नगरपालिका– ७ सखुअवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानलगायत केही मानिसले सोमबार साँझ सोही ठाउँका अमिरी पासवानलाई कुटपिट गरेका थिए । 

अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायतकाे समूहले घरतर्फ जाँदै गरेका सोही ठाउँका अमिरी पासवानलाई गालीगलौज तथा कुटपिट गर्दा ५० वर्षीय पासवानको टाउकोमा चोट लागेको थियो ।

घाइते पासवानलाई तत्कालै एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा  उपचारका लागि लगिएको थियो । 

टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारको क्रममा गएराति ८ः१५ मा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रवि रावलले जानकारी दिए ।