मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २ मंगलबार १५:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमानस्थल सुरक्षार्थ ‘विमानस्थल सुरक्षा प्रहरी’ गठनको तयारी हुँदै छ : पर्यटनमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २ मंगलबार १५:४५:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आवश्यक भएकाले त्यसको गठनको प्रयास गरिरहेको बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षागार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका हुन् । 

अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरूसँग नजिक भएका व्यक्तिहरूसमेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिमप्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए । 

त्यसका लागि आफूले सुरक्षा अंगहरू र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडि बढाएको बताए । 

यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरू दक्षिण र उत्तरतर्फको सिमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढी संवेदनशील हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिने गरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने उनले उल्लेख गरे । 

नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भए पनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईको भनाइ छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भई मंगलबार समुद्घाटन गरिएको हो ।