१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २९ शनिबार
  • Saturday, 21 September, 2024
२o७७ कार्तिक २९ शनिबार १o:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठूलो परिणामको लागुऔषध नियन्त्रण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २९ शनिबार १o:o४:oo

जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाणका लागुऔषधसहित पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ । कार्यालय परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीले सात महिनायता नियन्त्रणमा लिएको लागुऔषधको विवरण सार्वजनिक ग¥यो । त्यसक्रममा त्यसयता बरामद गाँजाको बोट पनि सार्वजनिक गरिएको थियो । प्रहरीले लागुऔषधसँगै घरेलु मदिरा र पटका नष्ट गरेको छ । 

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार २४ वैशाखदेखि ७ कात्तिकसम्म ५८० एम्पुल नोफिन, ८२९ एम्पुल डाइजेल्याब, ८२० एम्पुल फेनारागन बरामद भएको छ । यस्तै, १७४८ बोतल डाइलेक्स डिसी, ११ एम्पुल एभिल, ११३ एम्पुल लुपिजेसिक र ३१२ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइन पनि बरामद भएको जनाएको छ । सुनसरी प्रहरीले भारतसँग सीमा जोडिएको सुनसरीमा लागुऔषध केन्द्रित स्विप अप्रेसन नै चलाएको थियो । 

यस्तै, ११३७७ क्याप्सुल स्पास्मोप्रोक्सिभन, ३३२७ नाइट्राभेट ट्याब्लेट, गाँजा ३२ केजी ५ सय ग्राम, ब्राउन सुगर ७० ग्राम ५८८ मिलिग्राम, ट्रोमाडोल, लिजेसिक, फेन्सिडल र नाइट्रोसन पनि बरामद भएको एसपी कमल थापाले जानकारी दिए । ‘हामीले यो अवधिमा ९३ जना पक्राउ गरेका छौँ । अनुसन्धानपछि ६० जनालाई मुद्दा चलाइएको छ,’ एसपी थापाले भने ।

उनले गाँजा फँडानी अभियानअन्तर्गत २१ कात्तिकबाट जिल्लाका सबै युनिट परिचालन गरी साताव्यापी रूपमा फँडानी गरिएको बताए । त्यसअवधिमा १५ हजार पाँच सय २९ बोट गाँजा फँडानी गरिएको तथा विभिन्न स्थानबाट एक हजार ४२ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको उनले जानकारी दिए । यस्तै, प्रहरीले तिहारलाई लक्षित गरी भारतबाट ल्याइएका लाखौँ मूल्य पर्ने पटकाजन्य विस्फोटक पदार्थ खाल्डो खनेर पुरेको छ ।