१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २३ आइतबार १२:०८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सहकारीहरूलाई पुस मसान्तभित्र साधारणसभा गरिसक्न काठमाडौं महानगरपालिकाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २३ आइतबार १२:०८:००

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई आगामी पुस मसान्तभित्र साधारणसभा गरिसक्न निर्देशन दिएको छ । 

कोरोना भाइरसको संक्रमण र लकडाउनको कारण देखाउँदै सहकारी संस्थाहरूले आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि साधारणसभा गरेका छैनन् । महानगरको सहकारी विभागले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन पठाउन सहकारीहरूलाई निर्देशन दिएको हो ।

काठमाडौं महानगर कार्यक्षेत्र भएका सहकारीहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । 

सहकारीहरूले साधारणसभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपूरक संख्या पुऱ्याएर मात्र साधारणसभा गर्नुपर्नेछ । 
यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनुपर्छ । यसैगरी यस्ता समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरूबीच निर्वाचन गराउनुपर्छ । 

सहकारीका सदस्यहरूको भूमिकालाई साधारणसभामा सक्रिय बनाउन र वित्तीय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारणसभाका लागि आग्रह गरेका हौँ । 

विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘हामीले साधारणसभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौँ । यसले सूचना संकलनमा एकरूपता कायम हुनेछ ।’