मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २० बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २० बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाप्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २० बिहीबार १७:११:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाप्रमुख जनरल मनोजमुकुन्द नरभणेलाई नेपाली सेनाको मानार्थ महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहमा महारथी दर्जा प्रदान गरिएको हो । 

समारोहमा जनरल नरभणेलाई खड्ग तथा सनदपत्र पनि प्रदान गरिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरू सरिक थिए । 

सात दशकदेखि दुवै देशका सेनाबीच एक–अर्काको सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । 

महारथी दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पा हुन् भने नरभणे १८औँ हुन्। 

गत पुसमा भारतका राष्ट्रपति श्रामनाथ कोविन्दले नयाँदिल्लीमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए । 

सो समारोहपछि जनरल नरभणेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरभणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गरे । 

भेटमा  द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ ।