१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार ०९:२२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुक्खा पहिरोले तीन दिनदेखि डोल्पाको आवतजावत ठप्प

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार ०९:२२:००

सुक्खा पहिरोले सडक अवरुद्ध हुँदा हिमाली जिल्ला डोल्पाको आवतजावत तीन दिनदेखि ठप्प भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित कुच्ची भिरनजिकै सुक्खा पहिरो जाँदा हिँडडुल गर्न पनि समस्या भएको छ । 

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ–त्रिवेणी खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएको छैन । तीन दिनसम्म पहिरो नपन्छाएपछि स्थानीय बासिन्दा मर्कामा परेका छन् । दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि नसकिएको स्थानीय बासिन्दाले बताएका छन् । 

त्यस्तै, रुकुम (पश्चिम)बाट जिल्ला भित्रिने सबै सवारीसाधन तथा मानिस आवतजावत ठप्प भएको स्थानीय मोतीप्रसाद उपाध्यायले बताए । अत्यावश्यक कामले जिल्लाबाहिर जान लागेका स्थानीय बासिन्दा ज्यानै जोखिममा पारेर पहिरोबाटै हिँड्न बाध्य भएको उनले बताए । 

पहिरो खसिरहेकाले डोजर लगाएर हटाउन पनि कठिनाइ भएको त्रिपुरासुन्दरी–६ का वडा सदस्य अमृत सार्कीले बताए । नगरपालिकाले पहिरो पन्छाउन बुधबार बेलुका नै डोजर पठाएको उनले बताए ।