१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ११:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार नसच्चिए संसद् र सडक अवरुद्ध गर्छौँ : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १० बिहीबार ११:५८:००

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका गतिविधि नसच्चिए सदन र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ । 

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ विरोधमा उभिएपछि सभामुखले दिएको विशेष समयमा बोल्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् । 

बालकुमारी घटनासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै उनले कारबाही गर्छु भनेर प्रधानमन्त्रीले सदनलाई ढाँटेको बताए । ‘बालकुमारी घटनासम्बन्धी प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्छु भन्दै प्रधानमन्त्रीले जवाफ दिँदा हामीले राम्रै ठानेका थियौँ,’ सांसद श्रेष्ठले प्रश्न गरे, ‘तर, त्यसो भनेको पनि तीन दिन भयो । प्रतिवेदन अध्ययन गर्न कति दिन लाग्छ ? त्यसको कार्यान्वयन कहाँ पुग्यो ?’ 

माओवादीको सरकारले मिटरब्याजीलाई न्याय दिलाइयो, सामन्तवादको अवशेषको अन्त्य भयो भनेर भन्दै हिँडेको, तर अहिले मिटरब्याजीहरू न्याय खोज्दै पुनः सडकमा आएको उनले चर्चा गरे । 

‘मिटरब्याजीहरू सडकमा प्रदर्शनसमेत गर्न नपाएर माइतीघरवरिपरि भौँतारिएर हिँडिरहेका छन् । सरकारको यो शैली स्वीकार्य हुँदैन । प्रतिपक्षीका सवाललाई सरकारले ध्यान दिँदैन भने संसद् र सडक अवरुद्ध गर्छौँ,’ उनले भने । 

सांसद श्रेष्ठले त्यसपछि प्रतिपक्षले सदन चल्न दिएन भनेर सरकारले दोष दिन नपाउने पनि बताए ।