मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
रासस कञ्चनपुर
२०७७ कार्तिक ११ मंगलबार २१:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा बन्दरगाह निर्माणकाे प्रक्रिया चाँडै सुरु हुन्छ : मन्त्री भट्ट

Read Time : < 1 मिनेट
रासस कञ्चनपुर
२०७७ कार्तिक ११ मंगलबार २१:४७:००

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।

मंगलबार महाकाली नगरपालिका– १ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए ।

वाणिज्यसचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।

मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर सुनार  र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको भएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गतेदेखि काम सुरु गर्ने जनाइएको छ ।