मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ८ शनिबार १४:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन्धाराको मस्जिदमा अज्ञात समूहद्वारा तोडफोड, वडाध्यक्षकै संलग्नता रहेको वडासदस्यको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ८ शनिबार १४:११:००

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । 

शनिबार बिहान नचिनेकाे समूहले डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गरेकाे हाे । 

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद भूमाफियाको तारोसमेत बन्ने गरेको छ । 

निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । 

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । 

यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई तनाव दिएको उनले बताए । 

यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका २२ का वडासदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको आरोप लगाइन् । 

शनिबार घटेको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटनाले मुस्लिम समुदायलाई चिन्ता थपिदिएको बताए । 

यो मुसफिर मदिनी मस्जिद ०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । 

यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । 

करिब एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रूपमा स्थापित भएको मानिएको यो मस्जिदमा चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।