१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी वार्सा
२o८१ बैशाख १९ बुधबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गर्भपतनसम्बन्धी नयाँ कानुनी प्रावधानविरुद्ध पोल्यान्डमा विशाल प्रदर्शन

Read Time : < 1 मिनेट
एजेन्सी वार्सा
नयाँ पत्रिका वार्सा
२o८१ बैशाख १९ बुधबार o८:१८:oo

पोल्यान्डमा गर्भपतनसम्बन्धी जारी गरेको नयाँ कानुनी प्रावधानविरुद्ध विशाल प्रदर्शन भएको छ।

शुक्रबार दिउँसाे र राति हजारौँ मानिसले नयाँ कानुनी प्रावधानले महिलाका माैलिक अधिकार खाेसेकाे भन्दै प्रदर्शन गरेका हुन् ।

पोल्यान्डमा युरोपका कतिपय देशको तुलनामा यसअघि नै गर्भपतनसम्बन्धी कडा कानुन विद्यमान रहेको थियो । तर, बिहीबारका दिन संवैधानिक अदालत (प्राधिकरण)ले यसअघिका प्रावधानलाई झनै कसिलो बनाएको हो । यो अदालतमा अधिकांश सदस्य सत्तारुढ पार्टीनिकटका रहेको द गार्जियनले उल्लेख गरेको छ । 

नयाँ प्रावधानअनुसार गर्भमा शिशुको विकास हुन नसकी आमाको स्वास्थ्यमा असर पर्ने अवस्थामा मात्रै गर्भपात गर्न मिल्नेछ । तर, यो प्रावधानले स्वास्थ्यमा जटिलता हुने कतिपय अन्य अवस्था र सामान्य अवस्थामा समेत बच्चा जन्माउने या नजन्माउनेसम्बन्धी महिलाको ‘छनाेटको अधिकार’ कुण्ठित गरेको भन्दै प्रदर्शन उग्र भएको हो । 

बिबिसीका अनुसार विद्यमान कानुनी जटिलताका कारण वैध रूपमा हरेक वर्ष जम्माजम्मी दुई हजार गर्भपतनका घटना हुने भए पनि अवैध रूपमा भने हरेक वर्ष दुई लाखभन्दा बढी असुरक्षित गर्भपतन हुने गर्दछन् । 

द गार्जियनका अनुसार बिहीबार नयाँ संशोधन जारी भएपछि शुक्रबार बिहानैदेखि  राजधानी वार्सा, पोज्नान, रोक्लअ, क्राकोलगायतका कैयन सहरमा विशाल प्रदर्शन भएका हुन् । 

सरकारले कोरोना भाइरस संक्रमणका कारण मुख्य सहरहरूमा १० जनाभन्दा बढी जम्मा हुन नपाइने गरी निर्देशन दिएको भए पनि प्रदर्शनकारी भने हजारौँको संख्यामा जुलुसमा सहभागी भएका छन् । 

शुक्रबार बिहान वार्साका गृह राज्यमन्त्रीको घरबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंश्रक झडपसमेत भएको बिबिसीले जनाएको छ । तर, साँझ उनीहरू फेरि मन्त्रीनिवासअघि जम्मा भएर प्रदर्शन गरेका थिए ।

तस्बिर : बिबिसीबाट

ad
ad