१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दसैँका वेला कतै बत्ती ननिभोस् : ऊर्जामन्त्री 

विद्युत अवरोध भए ९० लाख विद्यार्थीलाई असर, विद्युत सेवा अनियमितता नहुने प्राधिकरणको भनाइ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३९:oo

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले दसैँ पर्वको समयमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका वेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन् । 

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीलगायतका  अधिकारीहरूसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत् सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । ‘दसैँका वेला कहीँ पनि विद्युत् काटिने समस्या नआओस्,’ मन्त्री पुनले भने ।  प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास रहेको बताए ।  

विद्युत सेवा अनियमितता नहुने प्राधिकरणको भनाइ 
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले कोरोना महामारीका कारण उद्योगहरू पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गत वर्षको यही समयको तुलनामा कम रहेको जानकारी दिए । माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वको समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ छ । 

भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार एक सय १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा रहेको र माग भने ७ देखि ८ सय मेगावाटसम्म मात्र रहेको जानकारी दिए । प्राधिकरणको प्रसारण निर्देशनालयका प्रमुख ब्रजभूषण चौधरी र निमित्त प्रमुख दीर्घायुकुमार श्रेष्ठले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिए ।  

मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घन्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे ।  ‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्,’ निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने । त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए खबर गर्न भने । 

विद्युत अवरोध भए ९० लाख विद्यार्थीलाई असर
महामारीका कारण ९० लाख विद्यार्थी घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरूको भविष्यमा असर पर्नेछ । त्यस विषयलाई गम्भीरताका साथ लिएर काम गर्न मन्त्री पुनको भनाइ छ । 

दसैँ सकिएपछि तिहारका लागि अर्को बैठक बसेर योजना बनाइने जानकारी मन्त्री पुनले जानकारी दिए । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युत् सेवा नियमित गराउन इमानदारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे ।

ad
ad