मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार २२:०१:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार २२:०१:००

नर्सको तलब ७७ हजारदेखि एक लाख ७९ हजारसम्म बनाउन प्रस्ताव, तर स्वास्थ्य मन्त्रालयले चार वर्षदेखि लुकायो समितिको सिफारिस
सरकारी सेवामा आबद्ध चिकित्सकसँगै नर्सको तलब पनि वृद्धि गर्न प्रस्ताव गरिएको थियो । तर, चिकित्सकको सुविधा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले पटक–पटक अर्थ मन्त्रालयमा सिफारिस गरे पनि नर्सहरूको प्रस्तावित तलब स्केल भने लुकाएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०७३ मा एक विज्ञ टोली गठन गरी चिकित्सक तथा नर्सहरूको तलबभत्ता वृद्धिको प्रस्तावित तलब स्केलसहित प्रतिवेदन दिएको थियो । नयाँ पत्रिकालाई प्राप्त प्रतिवेदनअनुसार नर्सहरूको तलब पनि सात गुणासम्म वृद्धि गर्न प्रस्ताव गरिएको थियो ।तर, हालसम्म स्वास्थ्य मन्त्रालयले नर्सहरूको तलब वृद्धिको प्रस्ताव लुकाएर चिकित्सकको तलब वृद्धि गर्न मात्रै अर्थ मन्त्रालयमा सिफारिस गर्दै आएको छ । फेरि, यसपटक पनि चिकित्सकको मात्रै तलब वृद्धिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न चलखेल थालिएको छ ।

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि
स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा आगामी ९ मंसिरदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको तर कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षाको तालिका बुधवार सार्वजनिक गरेको हो । बोर्डले कक्षा १२ को परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ९ देखि १६ मंसिरसम्म सञ्चालन हुने परीक्षाको तयारी भइरहेको छ । कार्यविधिअनुसार प्रश्नपत्र निर्माणको तयारी भइरहेको उनले बताए । उत्तरपुस्तिका पहिले कायम भएका परीक्षा केन्द्रसम्म पुऱ्याउने र त्यहाँबाट विद्यालयले लैजाने व्यवस्था गर्ने बताए । 

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन [फाेटाेफिचर]
ऐतिहासिक महत्व बाेकेकाे रानीपोखरीको आज उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् ।  ०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएकाे रानीपोखरीको पुनर्निर्माणको काम सम्पन्न भएपछि आज यसकाे उद्घाटन गरिएकाे हाे । ०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।  शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

एकैदिन २६ जना कोरोना संक्रमितको निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ । योसमेत बुधबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बुधबार पाँच हजार सात सय ४३  जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ । 

नेकपा कर्णाली विवाद : मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद झनै पेचिलो बन्न पुगेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव मिलाउन राजधानी आएका वेला शाहीले नियुक्त गरेका सचेतक सीता नेपालीले संसदीय दलको बैठक आाह्वानपछि विवाद झन् बल्झिएको हो ।  केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा देखिएकाे विवादबारे सहमति हुन नसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कर्णाली फर्किन लागेको हो । 

घिनलाग्दा मासु पसल [फोटोफिचर]
जलेश्वरमा मासु पसलहरू घिनलाग्दो अवस्थामा भेटिएका छन् । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रको अगुवाइमा गरिएको मासु पसल अनुगमनमा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेका तथा कुहिएको मासुसमेत बिक्री भएको पाइएको छ । अनुगमन टोली मासु पसलहरूमा पुग्दा झिंगा भन्केको र अस्वस्थकर मासु बिक्रीका लागि राखिएको थियो । 

उद्योग वाणिज्य महासंघ चुनाव : उपाध्यक्ष ढकालले दिए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसाेसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । 

सुनिन छाड्यो नगराको धुन 
दसैँका वेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो । बेसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

चीनविरोधी मानिएका ट्रम्पको चिनियाँ बैंकमा खाता भएकाे खुलासा
चीनको चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंकखाता रहेको खुलासा भएको छ । न्युयोर्क टाइम्सले खुलासा गरेअनुसार ट्रम्पको करको अभिलेख हेर्दा उनले चीनमा कैयन व्यापारिक परियोजना विस्तार गरेको र चीनमा बैंक खातासमेत खोलेको देखिन्छ ।  चीनसँग नरम मानिने डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति ट्रम्पले चुनावी प्रतिस्पर्धा गरिरहँदा टाइम्सले यो सनसनीपूर्ण खुलासा गरेको हो । 

आइपिएलका हस्तीहरूलाई फिक्का बनाइरहेछन् युवा खेलाडी
युएईको आबुधाबी सारजहाँ तथा दुबई सहरमा १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता जारी छ । प्रतियोगिताको नवौँ चरण खेल समाप्तिको संघारमा छ । यस वेलासम्म सहभागी फ्रेन्चाइज टोलीमा आबद्ध स्टारदेखि युवा खेलाडीसम्मको प्रदर्शनबारे बहस सुरु भएको छ । नवौँ चरणसम्म नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म दिल्ली क्यापिटल्सबाट खेल्ने मौका पाएका छैनन् । सन्दीप मात्र होइन, विश्वमै तहल्का मच्चाएका चर्चित ब्याट्सम्यान र बलरलाई समेत यसपटक स्थान बनाउन मुस्किल परिरहेको छ ।