नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका ग्रामथानका शिक्षकविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका– ५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको देखिएको भन्दै अख्तियारले शुक्रबार सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध मुद्दा दर्ता गरेको हो।

उनी सोही विद्यालयमा निम्नमाध्यमिक तह गणित (राहत) शिक्षक पदमा ०६३ असार १५ गतेदेखि नियुक्त भएका थिए। सो क्रममा उनले बिहार स्कुल एक्ज्यामिनेसन बोर्ड, भारतबाट जारी गरिएको भनिएको आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार