१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ कार्तिक ५ बुधबार २०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार २०:५७:००

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल हुम्ला सिल गरिएको छ । हुम्ला जिल्ला अस्पताल बुधबारदेखि सिल गरिएको सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । 

जिल्ला अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मी र अर्का–एकजनामा कोरोना संक्रमण देखिएको छ । 

अर्को सूचना जारी नहुन्जेलसम्म अस्पतालको इमर्जेन्सी तथा प्रसूति सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

पिसिआर परीक्षणका लागि गत २ कात्तिकमा स्वाब संकलन गरिएको थियो । १७ जनाको स्वाब संकलन गरी सोमबार सुर्खेत पठाइएको थियो । जसमध्ये चारजनामा कोरोना संक्रमण देखिएको छ ।