१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा बैंक नखुल्ने

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:५३:००

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले दसैँ बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । गत वर्ष बडादसैँको बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सरकारले तोकिएअनुसार ७ कात्तिकदेखि पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गरिने जानकारी दिए ।

‘दसैँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिडभाड हुन सक्छ,’ उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।’

हाल बैंकहरूले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यसपटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् । दसैँका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमार ढकाल बताउँछन् ।

सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्य रूपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उनको जिकिर छ ।