१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१८:oo

सरकारले अबदेखि कोरोना (कोभिड– १९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अतिअपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् । 

उनीहरूमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । तर, कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार बिमा रकमबाट लिइने पनि उनले बताए । 

अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था आजैदेखि लागू भएको गौतमले बताए । उनले ०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । 

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आइसियूलगायतका पूर्वाधारहरू कोभिड– १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ ।

यस्तै पछिल्लो तीन दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएमा होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था गर्ने निर्णय भएकोसमेत प्रवक्ता गौतमले बताए ।
 

ad
ad