१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १ शनिबार १६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिलालेखमा नाम नराखेपछि चर्को विवाद, मेयर-उपमेयरबीच हात हालाहाल

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १६:११:००

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको वडा भवन उद्घाटन समारोहमा तनाव सिर्जना भएको छ । नगरपालिका– ७ को भवन उद्घाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नदेखेपछि उपमेयरले चर्को विरोध गरेकी हुन् । 

मेयर ममताप्रसाद चौधरीले शिलालेख अनावरण गर्न सुरु गरेपछि उपमेयर प्रेमकुमारी थापाले विरोध गर्दै शिलालेखमा ढुंगा बजार्नुका साथै थुकेपछि विवाद चर्केको थियो ।
मेयर र उपमेयरको विवाद चर्केपछि कार्यक्रममा उपस्थित सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए । 

उपमेयर थापाले पूर्वाग्रही ढंगले शिलालेखमा आफ्नो नाम नराखेकोमा आक्रोश उठेको प्रतिक्रिया दिएकी छिन् । ‘शिलालेखमा आफ्नो नाम राख्न बारम्बार आग्रह गरेकी हुँ,’ उममेयर थापाले भनिन्, ‘तर मेयर र प्रशासकीय अधिकृतले मेरो अनुरोध बाइपास गरेपछि रिस उठेको हो ।’

विवादकै बीच वडा भवनकाे उद्घाटन कार्यक्रम भने सम्पन्न भएको छ । 

तस्बिर : सामाजिक सञ्जालबाट