१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १९ सोमबार
  • Saturday, 28 September, 2024
२o७७ असोज १९ सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १९ सोमबार १९:११:oo

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूतिगृहमा उनले सोमबार पाँच शिशुलाई जन्म दिएकी हुन् । चार शिशुको स्वास्थ्य सामान्य रहेको र एक शिशु भने मृत अवस्थामा निकालिएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी जानकारी दिए ।

तस्बिर : डा. कृतिपाल सुवेदी 

उनी तीन हप्ताअघि अस्पताल पुगेकी थिइन् । डा. सुवेदीका अनुसार भिडियो एक्स–रे गर्दा एउटा मृत र अन्य स्वस्थ देखिएपछि चिकित्सकको निगरानीमा उनलाई अस्पताल भर्ना गरिएको थियो । सोमबार अचानक पानी बग्न थालेपछि ३२ हप्तामा आपतकालीन शल्यक्रिया गरिएको सुवेदीले जानकारी दिए । 
‘पहिला पेटभित्र चारवटा बच्चा छ भन्ने थियो,’ सुवेदीले भने, ‘तीमध्ये एउटा खेर गएको भन्ने थियो, त्यही भएर हामीले ३२ हप्तामै उहाँलाई अस्पतालमा भर्ना गरेर राखेका थियौँ । आज अकस्मात् पानी बगेपछि शल्यक्रिया गर्दा चारवटा बच्चा स्वस्थ रहेछन् । स्वस्थ चार र मृत एक गरी पाँच बच्चा निकाल्यौँ ।’

शल्यक्रियामा डा. सुवेदी, डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङदेन, एनेस्थेसियामा डा. मुकेशकुमार संलग्न थिए । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतिले गरेकी थिइन् भने बालरोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरूको स्वास्थ्य अवस्था हेरिरहेकी छिन् ।

डा. सुवेदीका अनुसार उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ । चार शिशुको तौल एक किलो नाै सय ग्राम, एक किलो आठ सय ग्राम, एक किलो ६ सय ग्राम र आठ सय ग्राम छ । उनीहरू सबै स्वस्थ रहेको सुवेदीले बताए । आठ सय ग्रामको शिशुलाई एनआइसियूमा राखिएको छ भने अन्य तीन शिशुलाई आमाको जिम्मा लगाइएको छ । चारैजना छोरी हुन् । मृत्यु भएका एक भने छोरा थिए ।