१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असोज १८ आइतबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट सशस्त्र प्रहरीका असइको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असोज १८ आइतबार १२:५०:००

शनिबार राति सशस्त्र प्रहरी सहायक निरीक्षकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। 

कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका– १ मा शनिबार राति ९ बजे पैदल हिँडिरहेका सोही ठाउँनिवासी ४२ वर्षीय कमलप्रसाद तावाहाङको लु.६१प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । 

साँझ राजमार्ग किनारमा पैदल हिँडिरहेका तावाहाङ तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएकाे थियाे । उनकाे शनिबार राति १ बजेतिर उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

बिदामा घर आएका मृतक तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत थिए । ठक्कर दिने मोटरसाइकल नियन्त्रणमा लिए पनि चालक अझैसम्म फरार रहेको प्रहरीले जनाएको छ ।