१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १५ बिहीबार ११:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकरदास बैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १५ बिहीबार ११:५३:००

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए । 

त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यसचिवबाट आजै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ।