मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज १३ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७७ असोज १३ मंगलबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उडान संख्या थपेर विदेशमा अलपत्र नेपाली ल्याउन संसदीय समितिकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १३ मंगलबार १३:१८:oo

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै, समितिले गैरकानुनी बाटोबाट विदेश गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देशन गरेको छ। 

समितिको मंगलबार बसेको बैठकले दिएकाे निर्देशनमा भनिएकाे छ, ‘गैरकानुनी बाटोबाट विदेशमा गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्ने र त्यस्ता श्रमिकलाई घर फर्काउनुअघि निजहरूलाई त्यहाँ पठाउने व्यक्ति, संस्थाको बारेमा सम्बन्धित राजदूतावासले विस्तृत विवरण लिएर सोको आधारमा त्यस्ता व्यक्ति वा संस्थालाई परराष्ट्र, गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव ओसारपसारसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने।’