मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १० शनिबार १८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष यादवको दाबी–काण्डैकाण्डमा फसेको सरकारले देशलाई धराशायी बनायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १० शनिबार १८:४६:००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन् । राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको आरोप लगाएका हुन् । 

कम्युनिस्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा मात्रै नभएर आफू पनि राजनीतिक रूपमा धराशायी बन्दै गएको उनको दाबी छ । उनले भने, ‘कम्युनिस्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरूमा कम्युनिस्टहरूले मुलुकलाई धराशायी पारे र आफू पनि त्यसरी नै धराशायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचारका काण्डैकाण्डमा सरकार फसेको छ । यत्तिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुलुकको कुनै समस्या समाधान हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको औँल्याए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उनको तर्क छ । लोक समाजवाद (समाजवाद, संघीयता र लोकतन्त्र)को बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।