१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज ८ बिहीबार १०:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल-पोखरा सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार १०:५०:००

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।

राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा–बुटवल खण्डको कालिकाटी, डुम्रे र सिसुवामा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बुधबार राति वर्षा थपिएसँगै सिद्धबाबा क्षेत्रको दुई स्थान, डुम्रे, कालिमाटी, रम्भाको जामुने,अघाहाखोलालगायतका क्षेत्रमा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको उनले बताए ।