मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संवैधानिक अंगहरूमा छिटो नियुक्ति गर्न नेकपाको आग्रह 

पार्टी एकीकरणको बाँकी काम १० दिनभित्र गर्न ओली–प्रचण्डलाई जिम्मेवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १५:३४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रिक्त संवैधानिक अंगहरूमा छिटो नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेको संवैधानिक पदहरूमा छिटो नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले १० दिनभित्र पार्टी एकीकरणको बाँकी कामसम्बन्धी ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई दिएको छ । प्रस्तावको गृहकार्यपछि सचिवालय बैठकले एकीकरणको बाँकी कामलाई अन्तिम रूप दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, विविधअन्तर्गतका रिक्त स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको पदपूर्ति, केन्द्रीय सदस्यहरूका लागि तोक्ने भनिएको मासिक तलबलगायतका एजेन्डामा दुई–तीन दिनपछि बस्ने सचिवालय बैठकमा छलफल गरिने पनि उनले बताए । 

प्रवक्ता श्रेष्ठले पछिल्ला दिनमा पार्टी र सरकारबीचको सम्बन्ध, पार्टी एकता थप मजबुत बन्दै गएको निष्कर्ष पनि बैठकले निकालेको बताए ।