मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ ३१ बुधबार १६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी एकीकरणकाे बाँकी काम र संवैधानिक नियुक्तिबारे नेकपा अध्यक्षबीच छलफल 

Read Time : < 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १६:५२:००

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेता पनि सहभागी थिए ।  
 
तीन घन्टा लामो भेटमा पार्टी एकीकरणका बाँकी काम छिटो टुंग्याउने, रिक्त रहेका संवैधानिक अंगमा नियुक्तिलगायतका समसामयिक विषय छलफल भएको स्रोतले जनाएको छ । 

छलफलमा अध्यक्षद्वयबीच आगामी शुक्रबार सचिवालयको बैठक बोलाएर पार्टी एकीकरणका बाँकी काम टुंग्याउने सहमति भएको स्रोतले जनाएको छ । स्राेतका अनुसार आजको छलफलमा संवैधानिक अंगको नियक्तिका लागि मुख्य प्रतिपक्ष दलसँगको वार्तालाई तीव्रता दिने सहमति भएको छ । 

कांग्रेससँग बिहीबार नै यस विषयमा छलफल हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए ।