१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस मुग्लिन
२o८१ बैशाख २४ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध  

Read Time : < 1 मिनेट
रासस मुग्लिन
नयाँ पत्रिका मुग्लिन
२o८१ बैशाख २४ सोमबार o९:४५:oo

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका– ६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।     

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेदेखि याे सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । 

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

‘खासै धेरै लेदो झरेको छैन, तर झर्ने क्रम रोकिएको पनि छैन,’ तामाङले भने, ‘हटाउन सुरु गरेको दुई घन्टामा लेदो हटाएर सकिन्छ ।’ निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ ।     

ad
ad