सर्लाहीको बरहथवामा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका– १७ स्थित श्रीपुरमा खोला तर्ने क्रममा कविलासी नगरपालिका– ४ हेमपुर बस्ने ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाएको थियो ।
खोलाले बगाएका रायको शव पाँच सय मिटर तल किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेमपुरबाट टिकुलियातर्फ जाँदै गरेका रायलाई खोला तर्ने क्रममा खोलाले बगाएको परिवारले जनाएका छन् ।
रायको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिए ।