मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २२ सोमबार
  • Thursday, 19 December, 2024
२o७७ भदौ २२ सोमबार ११:२१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोखरा फुड्स प्रालिमा कार्यरत २५ जना मजदुरमा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २२ सोमबार ११:२१:oo

पोखरामा सञ्चालित पोखरा फुड्स प्रालिमा कार्यरत २५ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार उक्त प्रालिमा कार्यरत १७ जना महिला र आठजना पुरुष मजदुरमा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसहित पोखराका नयाँ ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित हुनेमा पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चारजनामध्ये २६ र २३ वर्षका दुईजना महिला स्वास्थ्यकर्मी (स्टाफ नर्स) छन् । त्यसैगरी ३६ र २७ वर्षका दुईजना महिला सहयोगी कर्मचारी रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

मेडिसिटी अस्पतालमा उपचाररत दुईजनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कास्कीसहित गोरखाका १८ जना, नवलपुरका १५ जना र तनहुँका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ ।