मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १८ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ १८ बिहीबार o५:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी बैंकको सञ्चालक समिति अध्यक्षमा नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ १८ बिहीबार o५:१७:oo

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएको बैंकले जनाएको छ । अध्यक्ष नेपालले बैंकको संस्थापक सेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रूपमा कार्यरत रहेका छन् ।