१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ १६ मंगलबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक सय ४६ केजी गाँजा र सात लाख रुपैयाँबराबरको औषधि बरामद

Read Time : < 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १४:१८:००

मोरङमा नेपालबाट भारतर्फ तस्करी गर्दै गरेको गाँजा र झापामा भारतबाट भन्सार छलेर ल्याएको औषधि प्रहरीले बरामद गरेको छ । 

मोरङको विराटनगरमा सशस्त्र प्रहरीले भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा एक सय ४६ केजी गाँजा र झापाको झिलझिलेबाट भन्सार छलेर ल्याएको सात लाख मूल्यबराबरको औषधि प्रहरीले बरामद गरेको हो ।  

इलाका प्रहरी रानीका अनुसार को.२त ६०५७ नम्बरको ट्याक्टरमा भारततर्फ लैजाँदै गरिएको उक्त गाँजा सशस्त्र प्रहरीको  टोलीले विराटनगर– १८ भेडियारीबाट चालक सुनसरीको गढी गाउँपालिका– ३ का ३४ वर्षीय सुरेशकुमार मेहतासहित सोमबार साँझ पक्राउ गरेको हो । 

पक्राउ गरिएको गाँजा, चालक र ट्याक्टरसहित सशस्त्र प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार भारतबाट भन्सार छलेर ल्याएको सात लाख रुपैयाँ मूल्यबराबरको भारतीय ओरियन्स कम्पनीको औषधि ६ जना मानिससहित प्रहरीले बरामद गरेको छ ।