१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ २ मंगलबार १७:५६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हुम्ला प्रहरीको ‘तपाईंको मुखमा मास्क खै ?’ अभियान    

Read Time : < 1 मिनेट
२०७७ भदौ २ मंगलबार १७:५६:००

कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि हुम्लामा प्रहरीको ‘तपाईंको मुखमा मास्क खै’ अभियान सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय हुम्लाले सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै अभियान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हरेक व्यक्तिलाई घरबाहिर निस्कनेबित्तिकै मास्क प्रयोग गर्न उत्साहित गर्ने गरी अभियान सञ्चालन गरेको हो । सोहीअनुसार सिमकोटसहितका बजार क्षेत्रमा मास्क लगाउन प्रहरीले पटक–पटक अनुरोध गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । प्रहरीले अभियान चलाए पनि यहाँ मास्कको मूल्य सर्वसाधारणको पहुँचबाहिर छ । सिमकोट बजारमा एउटा मास्क ५० रुपैयाँदेखि सात सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।