१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चौथो मिल्स गोल्डकप : गोलबजारलाई हराउँदै कोशी प्रहरी सेमिफाइनलमा

साबिक विजेता गोलबजार स्पोर्टिङ सिराहालाई टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्दै कोशी प्रदेश प्रहरीले अन्तिम दुई स्थान पक्का गरेको हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३७:oo

साबिक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहालाई टाइब्रेकरमा ४–३ ले हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वार्टरफाइनलको विजेता कोशीले बिहीबार घरेलु टोली पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ । निर्धारित समयसम्म २–२ को बराबरी भएपछि सेमिफाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो । कोशीका उज्ज्वल राई, सन्देश विक, विवेक राई र सुमित प्रधानले गोल गरेका थिए । 

गोलबजारका विनोद राई र निरजल मुक्ताङले मात्र गोल गरे । गौरव श्रेष्ठ र मीन धिमालको प्रहार कोशीका गोलरक्षक पुरन राईले उत्कृष्ट बचाए । उनी खेलका म्यान अफ दी म्याच भए । खेलमा पहिलो अग्रता गोलबजारले १२औँ मिनेटमा लियो । निशान्त लिम्बूले सन्दीप लिम्बूको सटिक पासमा डिबक्सभित्र गोल गरे । गोलबजारले पहिलो हाफमा बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । तर, कोशीको बलियो डिफेन्स कोशीका खेलाडीले तोड्न सकेका थिएनन् । दोस्रो हाफमा गोलबजार आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेलको ८९औँ मिनेटमा रमेश राजवंशीले गोल गर्दै गोलबजारलाई १–१ गोलको बराबरीमा ल्याए । 

अभिषेक आलेमगरले निकालेको पासलाई रमेशले सहजै बराबरी गोल गरेका हुन् । सकिन दुई मिनेट बाँकी रहँदा गोलबजारका विनोद राईले अप्रत्याशित रूपमा २–१ को गोल गरे । गोलबजारको अग्रता एक मिनेटभन्दा बढी टिकेन । कोशी प्रहरीका विवेक राईले खेललाई २ गोलको बराबरीमा ल्याए । खेलको अन्तिममा गोलबजारका खेलाडी सम्हालिन नसक्दा उपाधि जित्ने सपना चकनाचुर भयो । प्रतियोगिताको बुधबार हुने पहिलो सेमिफाइनलमा एपिएफले पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुंगा झापाको सामना गर्नेछ । 

ad
ad