१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण ३० शुक्रबार ०७:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकको लिदीमा भीषण पहिरो, कम्तीमा २१ घर पुरिए

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण ३० शुक्रबार ०७:४६:००

सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोले कम्तीमा २१ घर पुरेको छ । वडाध्यक्ष प्रताप लामाले दिएको जानकारीअनुसार २१ घरमा रहेका सबै मानिस पुरिएका छन् । 

पहिरो गाउँको बीचभागबाट गएकाले कति घर पुरिएका हुन् भन्ने अझै यकिन हुन सकेकाे छैन । पहिरोले पुरिने घरकाे संख्या बढ्न सक्ने  र ठूलाे जनधनकाे क्षति भएकाे हुन सक्ने वडाध्यक्ष लामाले बताए ।

जिल्लाको सबैभन्दा विकट वडा भएकाले हेलिकोप्टरबाट उद्धार टोली जाने तयारी भइरहेको छ । जनप्रतिनिधि गाउँमै भए पनि पैदल हिँडेर लिदी पुग्न पूरा एक दिन लाग्छ ।

भूकम्पपछि गाउँ नै पहिरोको जोखिममा परेको भूगर्भविद्को अध्ययनले देखाएको थियो । सुरक्षित ठाउँमा स्थानान्तरण हुन नसक्दा एक सय ७२ घरधुरी रहेको लिदीका स्थानीयवासी त्रासमा बसिरहेका थिए । घटनाकाे थप विवरण आउन बाँकी छ ।